
इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्ला अप्रत्यासित रूपमा उपाधिको प्रत्यासी बनेको छ । आइतबारको खेलमा उसले म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित गर्दै शीर्ष तीनमा आफूलाई अझ मजबुत बनाएको हो ।
यो जितपछि भिल्लाको १७ खेलबाट ३६ अंक भएको छ । शीर्षमा रहेको आर्सनलको ३९ अंक छ । यस्तै म्यानचेस्टर सिटीको ३७ अंक छ । भिल्लाका लागि सबैभन्दा महत्त्वपूर्ण तथ्य चौथोमा रहेको चेल्सीमाथि प्राप्त सात अंकको ठोस अग्रता हो ।
सबै प्रतियोगितामा गरेर लगातार दसौं जित निकाल्ने क्रममा भिल्लाका लागि मोर्गन रोजर्सले दुवै गोल गरे । युनाइटेडका लागि म्याथेस कुन्हाले एक गोल फर्काएका हुन् ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]