Share on:

भिल्लारियलमाथि बार्सिलोनाको सजिलो जित
December 22nd, 2025

शीर्ष चारभित्र रहेका टिमबीचको भिडन्तमा बार्सिलोनाले आइतबार स्पेनी ला लिगामा भिल्लारियललाई २–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित भिल्लारियलविरुद्ध बार्सिलोनाको जित सहज रह्यो ।


यो जितमा राफिन्हाले १२ र लामिन यामलले ६३ औं मिनेटमा एक एक गोल गरे । यो जितपछि बार्सिलोनाले शीर्ष स्थानमा फेरि चार अंकको अग्रता फेरि कायम राखेको छ । हारलले भिल्लारियल चौथो स्थानमा झरेको छ ।


त्यस अगाडि एटलेटिको म्याड्रिडले जिरोनालाई ३–० ले पराजित गरेको थियो । शीर्ष चारमा बार्सिलोनाको ४६ र रियलको ४२ अंक छ । यस्तै एटलेटिकोको ३७ र भिल्लारियलको ३५ अंक भएको छ ।


Swadesh Maharjan | December 22nd, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya