
नयाँ च्याम्पियन बार्सिलोनाले स्पेनी ला लिगामा बुधबार एलाभेसको हातबाट १–० ले स्तब्ध भएको छ । यो हारले बार्सिलोनाले यो सिजन कीर्तिमान सय अंक छुने अवसर समाप्त भएको छ ।
हान्सी फ्लिकको बार्सिलोनाले लिगका आफ्ना अन्तिम तीन खेल जितेको भए कीर्तिमान सय अंक छुने थियो । बार्सिलोना अहिले ९१ अंकमै कायम रह्यो ।
खेलको एक मात्र गोल इब्राहिम डाइबेट्सले गरे । बार्सिलोनाले सोमबार मात्रै लिग उपाधि जितेको थियो र यसक्रममा रियल म्याड्रिडलाई हराएको थियो ।
एलाभेसले भने यो जितपछि रेलिगेसन क्षेत्र छाडेर १५ औं स्थानमा उक्लेको छ । उसको ४० अंक भएको छ र यो रेलिगेसन क्षेत्रबाट एकै अंकको दूरी मात्र हो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]