Share on:

इन्टरले जित्यो इटालियन कपको उपाधि
May 14th, 2026

इन्टर मिलानले बुधबार लाजियोलाई सजिलै २–० ले हराएर इटालियन कपको उपाधि जितेको छ र यससँगै घरेलु कप डबलको उपलब्धी हात पारेको छ । इन्टरले यसअघि इटालीको सिरी ए पनि जितेको थियो ।


रोममा भएको एकपक्षीय खेलमा एडम मरुसिचको आत्मघाती गोलमा १४ औं मिनेटमा अगाडि रहेको इन्टरका लागि लउटारो मार्टिनेजले ३५ औं मिनेटमा दोस्रो गोल गरे । यो सिजन सबै खाले प्रतियोगितामा गरेर मार्टिनेजले गरेको गोल संख्या २२ पुगेको छ ।


इन्टरले इटालियन कप जितेको यो दसौं पल्ट हो । लाजियोले भने पूरा खेल अवधिमा इन्टरसामु दरिलो चुनौती पेस गर्न सकेन् र हारको हकदार रह्यो ।


Swadesh Maharjan | May 14th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya