Share on:

रियललाई उछिनेर बार्सिलोना अगाडि
February 23rd, 2026

स्पेनी ला लिगामा आइतबार बार्सिलोनाले फेरि रियल म्याड्रिडलाई उछिनेको छ । उसले क्याम्प नुमा भएको खेलमा लेभान्टेलाई सजिलै ३–० ले पन्छायो र अघिल्लो दिन रियलको हारको पूरा फाइदा लियो ।


यो जितपछि बार्सिलोनाको ६१ अंक भएको छ । रियल भने झिनो दूरीमा ६० अंकमा दोस्रो स्थानमा रह्यो । क्याम्प नुमा भएको खेलमा बार्सिलोनाका लागि मार्क बेरनल, फ्रेन्क डे जोङ र फेरमिन लोपेजले एक एक गोल गरे ।


अर्को प्रमुख खेलमा भिल्लारियलले भ्यालेन्सियालाई २–१ ले हराएर तेस्रो स्थानमा आफ्नो पकड बलियो बनायो । उसको ५१ अंक भएको छ । एटलेटिको म्याड्रिड भने ४८ अंकमा चौथो स्थानमा छ । यस्तै सेभियाले गेटाफेलाई १–० र सेल्टा भिगोले रियल मार्लोकालाई २–० ले हरायो ।


Swadesh Maharjan | February 23rd, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya