
इटालीको सिरी ए मा उपाधि होडमा रहेका एसी मिलान र नेपोली दुवै आइतबार पराजित भएका छन् । यसले शीर्ष स्थानमा रहेको इन्टर मिलानलाई ठूलो राहत मिल्नेछ ।
पार्माले सानसिरोमा भएको खेलमा मिलानलाई १–० ले हराएको हो । त्यसमा मारिएनो ट्रोलोले एक मात्र गोल गरे । यस्तै एटलान्टाले नेपोलीलाई २–१ ले पराजित गरेको हो ।

त्यसमा भने लाजर समारडिजिचले गरेको गोल निर्णायक सावित भयो । यी नतिजापछि इन्टर ६४ अंकमा शीर्ष स्थानमा रह्यो । उसको पछाडि मिलान ५४ अंकमा दोस्रो तथा नेपोली ५० अंकमा तेस्रो स्थानमा रह्यो । एएस रोमा ५० अंकमै चौथो स्थानमा छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]