Share on:

इस्पनयोलमाथि बार्सिलोनाको भाग्यमानी जित
January 4th, 2026

बार्सिलोनाले स्पेनी ला लिगामा इस्पनयोलमाथि शनिबार २–० को भाग्यमानी जित निकालेको छ । खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला बार्सिलोनाले अन्त्यतिर दुई गोल गरेको हो । 


डानी ओल्मोले ८६ औं मिनेटमा पहिलो गोल गरे भने रोबर्ट लेवनडोस्कीले ९० औं मिनेटमा दोस्रो गोल थपे । यो जितले बार्सिलोनाको ४९ अंक भएको छ र यो शीर्षमा सात अंकको अग्रता हो । 



रियल म्याड्रिड ४२ अंकमा दोस्रो र भिल्लारियल ३८ अंकमा तेस्रो स्थानमा छ । भिल्लारियलले अर्को खेलमा एल्चेलाई ३–१ ले हरायो । 

यस्तै सेल्टा भिगोले भ्यालेन्सियालाई ४–१ ले हरायो भने ओससुना र एथलेटिको बिलबाओबीचको खेल १–१ को बराबरी टुंगियो । 


Swadesh Maharjan | January 4th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya