Share on:

बार्सिलोनाको जित यात्रामा सोसिडाडको अवरोध
January 19th, 2026

स्पेनी ला लिगामा बार्सिलोनाको जित यात्रामा पूर्ण विराम लगाएर रियल सोसिडाडले आइतबार २–१ को शानदार जित निकालेको छ । यो नतिजाले लिग उपाधि होड अझ रोमाञ्चक हुने भएको छ ।


बार्सिलोना १२ खेलयता पराजित भएको यो पहिलो पटक हो र यसले शीर्षमा बार्सिलोनाको अग्रता एक अंकमै मात्र कायक रह्यो । बार्सिलोनाको ४९ छ भने रियल म्याड्रिड ४८ अंकमा दोस्रो स्थानमा छ ।


आफ्नो घरेलु मैदानमा सोसिडाडका लागि मिकेल आयारजाबाल र गोन्जालो गुडेसले गोल गरे । बार्सिलोनाका लागि मार्कस रसफोर्डले एक गोल फर्काए । सोसिडाड २४ अंकमा आठौं स्थानमा उक्लेको छ ।


Swadesh Maharjan | January 19th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya