
चर्को विवादबीच सेनगेलले आइतबार अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ । उसले फाइनलमा आयोजक मोरेक्कोलाई १–० ले हराएको हो । खेलको निर्णायक गोल पापे गुएले अतिरिक्त समयमा गरे ।
निर्धारित समयको खेल बराबरीमा टुंगेपछि गुएले ९४ औं मिनेटमा गोल गरेका हुन् । ब्राहिम डियाजले मोरक्कोका लागि अतिरिक्त समयको २४ औं मिनेटमा प्राप्त पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार सेनेगेली गोलरक्षक एडोर्ड मेन्डीले जोगाए ।
त्यही पेनाल्टी प्रहारको निर्णयविरोधमा सेनेगेली खेलाडी मैदान छाडेर बाहिरिएका थिए । सेनेगलले अफ्रिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितेको यो दोस्रो पल्ट हो ।
यसअघि सन् २०२२ मा इजिप्टलाई पेनाल्टीमा हराएर सेनेगेलले पहिलो पटक उपाधि हात पारेको थियो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]