
बायर्न म्युनिक र आर्सनलले युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनल पहिलो लेगमा मंगलबार महत्त्वपूर्ण ‘अवे विन’ निकालेका छन् । बायर्न म्युनिकले रियल म्याड्रिडलाई २–१ ले पराजित गरेको हो । बायर्नका लागि लुइस डियाज र ह्यारी केनले एक एक गोल गरे ।
बर्नाबाउमा भएको खेलमा डियाजले ४१ औं मिनेटमा गोलको खाता खोलेपछि केनले ४६ औं मिनेटमा अर्को गोल थपे । रियलका लागि केयलिन एमबापले ७४ औं मिनेटमा एक गोल फर्काए । आर्सनलले भने पोर्चुगाली भूमिमा स्पोर्टिङ लिस्वनलाई १–० ले हराएको हो ।

त्यसमा काई हाभरटेजलले निर्णायक गोल गरे । खेल गोलरहित बराबरीतर्फ अग्रसर रहेको बेला हाभरटेजले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरेका हुन् । घर बाहिर प्राप्त यो जितपछि बायर्न र आर्सनल दुवैको सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनेको छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]