
नेपोलीले मंगलबार इटालीको सिरी ए मा एसी मिलानलाई १–० ले हराएर उपाधि रक्षा गर्ने सम्झनालाई जीवन्त राखेको छ । खेलको एक मात्र गोल माटेओ पोलिटानोले दोस्रो हाफमा गरे ।
खेल बराबरीतर्फ अग्रसर देखिएको बेला सब्टिच्युट खेलाडी पोलिटानोले ७९ औं मिनेटमा गरेका हुन् । नेपोलीको यो लगातार पाँचौं जित हो र यस नतिजापछि नेपोली ३१ खेलबाट ६५ अंक भएको छ ।
यो शीर्ष स्थानमा रहेको इन्टर मिलानसँग सात अंकको दूरी हो र लिगमा अब सात चरणको खेल मात्र बाँकी रहेका छन् । मिलान भने ६३ अंकमा सीमित रहेर तेस्रो स्थानमा झरेको छ ।
मंगलबारको अर्को खेलमा युभेन्ट्सले जेनोआलाई २–० ले पराजित गर्दै पाँचौं स्थानमा उक्लेको छ । युभेन्टसको अब ५७ अंक भएको छ र यो चौथोमा रहेको कोमो भन्दा एक अंक कम हो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]