Share on:

कोलकातालाई पहिलो अंक
April 7th, 2026

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा मंगलबार कोलकाता नाइटराइडर्स र पंजाव किंग्सबीच हुनु पर्ने खेल वर्षाले विथोलिएको छ । इडेन गार्डेनमा भएको खेलमा कोलकाताले पहिले ब्याटिङ गर्दै दुई विकेटमा २५ रन बनाएपछि खेल रोकिएको हो ।


यो नतिजापछि कोलकाताले यो सिजनको पहिलो अंक बटुलेको छ । यसअघिका दुई खेलमा कोलकाता पराजित रहेको थियो । पंजाव भने तीन खेलबाट पाँच अंकमा शीर्ष स्थानमा उक्लेको छ र अहिलेसम्म अपराजित रहेको छ ।


लिग तालिकाको शीर्ष चारमा पंजावपछि रोयल च्यालेन्जर्स बेंगलुरु, राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स रहेका छन् ।


Swadesh Maharjan | April 7th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya