Share on:

बायर्न उपाधितर्फ अग्रसर
January 18th, 2026

बायर्न म्युनिकले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै पुर्नआगमन रचेपछि शनिबार जर्मन बुंडेसलिगामा आरबी लाइपजिगलाई ५–१ ले पराजित गरेको छ । यो जितले बायर्नको उपाधि होड अझ बलियो बनेको छ ।


तेस्रो स्थानमा रहेको लाइपजिगले रोमुलो कारडोसाको गोलले पहिलो हाफमा अग्रता लिएको थियो । त्यसपछि बायर्नले दोस्रो हाफमा पाँच गोल गरेको हो । यी गोल सर्गे जियानब्रे, ह्यारी केन, जोनाथन ताह, एलेक्जान्डर पाभलोभिच र मिचेल ओलिसले गरे ।


यो जितपछि बायर्नको १८ खेलबाट ५० अंक भएको छ । लाइपजिग भने ३२ अंकमै रोकियो र चौथो स्थानमा झरेको छ । दोस्रोमा रहेको बोरुसिया डर्टमुन्डको भने ३९ अंक छ । होफनहाइन भने ३३ अंकमा तेस्रोमा उक्लेको छ ।


Swadesh Maharjan | January 18th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya