
इन्टर मिलानले शनिबार इटालीको सिरी ए मा युडिनेजीमाथि १–० साँघुरो जित निकालेको छ र ४९ अंकमा शीर्षमा कायम रह्यो । इन्टरका लागि निर्णायक गोल लउतारो मार्टिनेजले गरेका हुन् ।
डिफेन्डिङ च्याम्पियन नेपोलीले पनि ससुलोलाई १–० ले हरायो र उपाधि होडमा कायम रह्यो । त्यसमा स्टानिस लोबोक्टाले एक मात्र गोल गरे । नेपोली ४३ अंकमा तेस्रो स्थानमा छ ।
चौथोमा रहेको युभेन्ट्स भने अर्को खेलमा कागलिरीसँग १–० पराजित भयो र ३९ अंकमै सीमित रह्यो । यो हार युभेन्ट्सका लागि धक्काका रूपमा रहेको छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]