
बायर्न म्युनिकले शनिबार जर्मन बुंडेसलिगामा युनियन बर्लिनलाई ४–० ले सजिलै पराजित गर्दै उपाधिको नजिक पुगेको छ । लिगमा सात चरणका खेल बाँकी छँदा उसलाई उछिन्ने सम्भावना कम भएको छ ।
उसका लागि सर्गे जियानब्रेले दुई गोल गरे । यस्तै माइकल ओलिस र ह्यारी केनले एक एक गोल गरे । लयमा रहेको केनले यो सिजन बायर्नका लागि ३१ गोल गरिसकेका छन् ।
यो जितपछि बायर्नको ७० अंक भएको छ र यो दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्डमाथि नौ अंकको अग्रता हो । डर्टमुन्डको ६१ अंक रहेको छ । उसले अर्को खेलमा ह्याम्बर्गमाथि ३–२ को जित हात पार्यो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]