Share on:

चेल्सीलाई हराएर एभरटन अगाडि बढ्दै
March 22nd, 2026

एभरटनले इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सीमाथि ३–० को प्रभावशाली जित निकाल्दै आफूले अर्को सिजन युरोपमा खेल्ने टिमको प्रत्यासीका रूपमा पेस गरेको छ । यो जितपछि उसको ४६ अंक भएको छ र यो शीर्ष चारसँग पाँच अंकको दूरी हो ।


खराव लयमा रहेको चेल्सी भने ४८ अंकमै सीमित रहेर छैटौं स्थानमा रह्यो । चेल्सीको यो लगातार चौथो हार हो र यसले टिममाथि चर्को दबाबसिर्जना भएको छ । एभरटनका लागि बेटोले दुई गोल गरे भने इलमन एनडियेले एक गोल थपे ।


अन्य खेलमा लिड्स युनाइटेड र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेले भने फुलहमले बर्नलीलाई ३–१ ले पराजित गर्‍यो । ब्रेन्टफोर्ड ४६ अंकमा सातौं तथा फुलहम ४४ अंकमा नवौं स्थानमा छन् ।


Nepalsports | March 22nd, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya