Share on:

बायर्नको जितमा केनको दुई गोल
September 14th, 2025

ह्यारी केनले गरेको दुई गोलको मदतले बायर्न म्युनिकले शनिबार जर्मन बुंडेसलिगामा ह्याम्बर्गलाई एकपक्षीय खेलमा ५–० ले पराजित गरेको छ । बायर्नको नयाँ लिगमा यो शतप्रतिशत सुरुआत हो ।


बायर्नको तीन खेलबाट नौ अंक भएको छ र आरामले शीर्ष स्थानमा रहेको छ । बोरुसिया डर्टमुन्ड पनि अर्को खेलमा एफसी हेइडेनहेममाथि २–० को जित निकाल्न सफल रह्यो ।


त्यसमा सेहोउ गुइरेसी र म्याक्सिमिलियन बेइरले गोल गरे । अहिलेसम्म अपराजित डर्टमुन्ड सात अंकमा दोस्रो स्थानमा छ ।


Swadesh Maharjan | September 14th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya