
बोरुसिया डर्टमुन्डले मंगलबार जर्मन बुंडेसलिगामा वेडर ब्रेमनमाथि सजिलो ३–० को जित निकालेको छ । त्यस जितमा निको स्कलोटेरबेक, मार्केल सबिटजेर र सेरहोउ गुरेसीले गोल गरे ।
यो जितपछि अंक तालिकको दोस्रो स्थानमा डर्टमुन्डको पकड अझ बलियो बनेको छ । उसको १७ खेलबाट ३६ अंक भएको छ र यो तेस्रोमा रहेको आरबी लाइपलिगमाथि चार अंकको अग्रता हो ।
तर डर्टमुन्ड शीर्ष स्थानमा रहेको बायर्न म्युनिक भन्दा आठ अंकले पछाडि छ । बायर्नको १६ खेलबाट ४४ अंक रहेको छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]