Share on:

सेमिफाइनल पहिलो लेगमा सिटी विजयी
January 14th, 2026

नयाँ अनुबन्धित खेलाडी एन्टोन सेमेन्योको प्रभावशाली प्रदर्शनको मदतले म्यानचेस्टर सिटीले लिगकप सेमिफाइनलको पहिलो लेगमा न्युकासल युनाइटेडलाई २–० ले पराजित गरेको छ । यो जितले सिटी फाइनल नजिक पुगेको छ ।


हारले डिफेन्डिङ च्याम्पियन न्युकासललाई दोस्रो लेगको सेमिफाइनलमा आफू पछाडि रहेको स्थितिबाट जित्न गाह्रो हुनेछ । सेन्ट जेम्स पार्कमा भएको खेलमा सिटीका लागि सेमेन्यो र रायन चेर्कीले गोल गरे ।


गत सिजन न्युकासलले ७० वर्षपछि पहिलो पटक उपाधिका रूपमा लिगकप जितेको थियो । अब दोस्रो लेगको सेमिफाइनल खेल इतिहाडमा हुनेछ ।


Swadesh Maharjan | January 14th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya