कोल पाल्मेरको प्रेरणादायी प्रदर्शनको मदतले इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले आइतबार क्लब वर्ल्डकप २०२५ को उपाधि जितेको छ र यसका लागि उसले बलियो पेरिस सेन्ट जर्मेन (पीएसजी) लाइ स्तब्ध पारेको छ ।
पाल्मेरले दुई गोल गर्दै एउटा अर्को गोलमा सहयोगी भूमिका पनि निभाएपछि चेल्सीले पीएसजीलाई ३–० ले पराजित गरेको हो । न्युयोर्क मेट लाइफ स्टेडियममा भएको फाइनल खेलमा पाल्मेरले २२ र ३० औं मिनेटमा गोल गरे ।
यसपछि उनले नै सिजना गरेको अवसरमा जाओ पेड्रोले पहिलो हाफको अन्त्यतिर तेस्रो गोल थपे । चेल्सीले सन् २०२१ मा पनि क्लब वर्ल्डकप जितेको थियो । तर त्यति बेला यो प्रतियोगितामा आठ टिमले मात्र भाग लिएको थियो ।
पीएसजीका लागि फाइनल बिर्सनलायक रह्यो र खेलको अन्त्यतिर टिम दस खेलाडीमा समेत सीमित रहेको थियो । जाओ नेभास ८५ औं मिनेटमा रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे ।
Comments
No comments yet.
Top Headlines
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]