
काठमाडौँ। चित्लाङ एफसीले राष्ट्रिय लिगमा विजयी सुरुआत गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार सम्पन्न खेलमा चित्लाङले बाराको नव जन जागृति क्लबलाई २–१ ले पराजित गरेको हो।
चित्लाङको जितमा म्याथ्यू बाबातुन्डे र सोलोमन अदेइन्काले गोल गरे। यता, नव जन जागृतिका लागि उदित नारायण चौधरीले गोल गरे।
जितसँगै जित्लाङले पहिलो खेलबाट ३ अंक जोडेको छ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]