Share on:

लिललाई हराएर पीएसजी शीर्षमा
January 17th, 2026

ओसमन डेम्बेलेको दुई गोलको मदतले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शुक्रबार राति फ्रान्सेली लिग वानमा लिलाई ३–० ले पराजित गरेको छ र लिग तालिकाको शीर्षमा उक्लेको छ ।


वर्षाले प्रभावित खेलमा डेम्बेलेले १३ र ६४ औं मिनेटमा गोल गरे । ब्राडली बारकोलालले दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा अर्को गोल थपे । यो जितपछि पीएसजीको १८ खेलबाट ४२ अंक भएको छ ।


यो दोस्रो स्थानमा रहेका लेन्समाथि दुई अंकको अग्रता हो । लेन्सले एक खेल कम खेलेको छ र आइतबार एक्जुरेको सामना गर्दै जित निकाले फेरि शीर्ष स्थानमा उक्लनेछ ।


Swadesh Maharjan | January 17th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya