
काठमाडौं। सरोज तामाङको दुई गोलको मद्तमा नेपाली राष्ट्रिय पुरुष टिमले साफ फुटसल च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ।
थाइल्यान्डको बैंककस्थित नन्थाबुरी स्टेडियममा शुक्रबार सम्पन्न खेलमा नेपालले श्रीलंकालाई २–१ गोलले पराजित गरेको हो।
सरोजले १५ र २१औं मिनेटमा गोल गर्दै नेपाललाई जित दिलाए। त्यसअघि खेलको १०औं मिनेटमा श्रीलंकाका लागि मोहमद कुर्सितले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए।
जितसँगै नेपालले पहिलो खेलबाटै ३ अंक जोड्न सफल भयो।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]