
एसी मिलानले बिहीबार कोमोलाई ३–१ ले हराएर इटालीको सिरी ए को उपाधि होडमा कायम रह्यो । यो जितपछि मिलान लिग तालिकाको शीर्षमा रहेको इन्टर मिलानसँगै तीन अंकको दूरीमा रह्यो ।
मिलानका लागि एडरिन राबोटले दुई गोल गरे र उनी नै खेलका नायक रहे । हाइ फ्लाइङ कोमाले मार्क ओलिभरको गोलले १० औं मिनेटमा अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन् ।
पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा क्रिस्टोफर एन्कुन्कुले मिलानका लागि बराबरी गोल फर्काए ।त्यसपछि राबोटले ५५ र ८८ औं मिनेटमा दुई शान्दार गोल गरेका हुन् । कोमो भने ३४ अंकमा छैटौं स्थानमा रहेको छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]