Share on:

सान्टेन्डररलाई हराएर बार्सिलोना क्वाटरफाइदलमा
January 16th, 2026

बार्सिलोनाले बिहीबार रेसिङ सान्टेन्डरलाई २–० ले पराजित गर्दै कोपा डेल रेको क्वाटरफाइनल यात्रा निश्चित गरेको छ । त्यसमा फेरान टोरेस र लामिन यामलले एक एक गोल गरे ।


लयमा रहेको बार्सिलोनाको यो सबै प्रतियोगिताका खेलमा गरेर लगातार ११ औं जित हो । स्पेनी दोस्रो डिभिजनको शीर्षमा रहेको सान्टेन्डरले कडा चुनौती पेस गरेपछि बार्सिलोनाको जित सहज भने रहेन् ।


टोरेसले ६६ औं मिनेटमा बार्सिलोनाका लागि गोलको खाता खोलेपछि यामलले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा दोस्रो गोल थपे ।


Swadesh Maharjan | January 16th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya