Share on:

आर्सनल र सिटीको बराबरीमा दुवैलाई घाटा
September 22nd, 2025

ग्याब्रिएल मार्टिनेलीले ९३ औं मिनेटमा गरेको गोलको मदतले आसर्ननले इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर सिटीलाई १–१ को बराबरीमा रोकेको छ । सिटीले इर्लिङ हालान्डको गोलले पहिलो हाफमा अग्रता लिएको थियो ।


यो यस्तो नतिजा रहेको छ, जसले उपाधि होडमा आर्सनल र सिटी दुवैलाई घाटा पुर्‍याएको छ । यसको फाइदा भने शीर्ष स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन लिभरपुलका लागि हुनेछ । आर्सनल शीर्ष स्थानसँग पाँच अंकको दूरीमा दोस्रोमा छ ।


सिटी अझ आठ अंकको दूरीमा नवौं स्थानमा रहेको छ । लिभरपुलले अहिलेसम्मका सबै पाँच खेल जितेर १५ अंकमा शीर्ष स्थानमा छ । टोटनहम र बर्नमाउथ पनि दस दस अंकमा शीर्ष चारभित्र छन् ।


Swadesh Maharjan | September 22nd, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya