काठमाडौँ। भारतले एसिया कपको सुपर फोरमा पाकिस्तानलाई पराजित गरेको छ।
आइतबार राति सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो।
पाकिस्तानले दिएको १७२ रनको लक्ष्य दिएको पछाएको भारतले १८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्याे।
भारतको जितमा अभिषेक शर्माले सर्वाधिक ७४ रन बनाए। शुभमन गिलले ४७, तिलक बर्माले ३० र सन्जु सामसनले १३ रन बनाए। पाकिस्तानका बलर हरिस राउफले २ विकेट लिए भने अब्रार आयुब र फाहीम अशरफले एक एक विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाउँदै १७१ रन बनाएको थियो। पाकिस्तानका लागि शाहीबजादा फरहानले ५८ तथा सैम आयुब र मोहमद नवाजले २१-२१ रन बनाएका थिए।
जितसँगै भारतको सुपर फोरमा २ अंक भएको छ। सुपर फोरमा मंगलबार पाकिस्तान र श्रीलंका खेल्ने तालिका रहेको छ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]