
दस खेलाडी परिवर्तन गरेर मैदानमा उत्रेको म्यानचेस्टर सिटीले शनिबार न्युकासल युनाइटेडलाई सजिलै ३–१ ले पराजित गर्दै एफएकपको क्वाटरफाइनल यात्रा तय गरेको छ । त्यसमा ओमर मारमोउसले प्रत्येक हाफमा दुई गोल गरे ।
यस्तै चेल्सीले पनि दस खेलाडीमा सीमित व्रेक्सह्याममाथि ४–२ को जित दर्ता गरेको थियो । त्यस अगाडि इंग्लिस प्रिमियर लिगको शीर्षमा रहेको आर्सनलले तेस्रो डिभिजनको म्यान्सफिल्डलाई २–१ ले हराएको थियो ।
आर्सनलसँगै सिटीको पनि यो सिजन चार उपाधि जित्ने अवसर रहेको छ । अर्कोतर्फ एफएकपबाट बाहिरिएपछि न्युकासलमाथि भने दबाब सिर्जना भएको छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]