
लुकास डा कुन्हाले गरेको निर्णायक गोलको मदतले कोमोले इटालीको सिरी ए मा शनिबार कागलिरीलाई २–१ ले हराएको छ । यससँगै सेस फेब्रिगास मुख्य प्रशिक्षक रहेको क्लबले आफ्नो आफ्नो अविश्वसनीय यात्रा कायम राख्यो ।
यो जितपछि कोमो ५१ अंकमा चौथो स्थानमा रह्यो र यसको अर्को सिजन युरोपमा खेल्ने सम्भावना बलियो भएको छ । शनिबार नै लिगमा लगातार चार खेलको जितहीन यात्रामा पूर्ण विराम लगाउँदै युभेन्ट्सले पिसालाई सजिलै ४–० ले हरायो ।
यो जितले युभेन्ट्सको ५० अंक भएको छ र छैटौं स्थानमा रह्यो । पिसा भने १५ अंकमा लिग तालिकाको पुछारमा छ र रेलिगेसन सम्भावना निश्चित जस्तै भएको छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]