Share on:

प्यालेसः अलिकति उत्साह अलिकति अन्यौलता
August 9th, 2025

(क्लब विश्लेषणको आठौं नम्बरमा रहेको छ, क्रिस्टल प्यालेस । लन्डनको यो एउटा अर्को क्लबले इंग्लिस प्रिमियर लिग २०२५–२०२६ मा कस्तो प्रदर्शन गर्नेछ त ?)


गत सिजन क्रिस्टल प्यालेसका लागि सुखद नै रह्यो भन्दा हुन्छ, किनभने उसले क्लब इतिहासमै पहिलो पटक सबैभन्दा ठूलो उपाधि जित्यो । त्यो एफएकप थियो र यसको फाइनलमा प्यालेस म्यानचेस्टर सिटीलाई हराएको थियो । त्यसैले त्यो सफलताको उत्साह अहिले पनि टिममा हुनु पर्छ।

 

भोलि आइतबार पनि प्यालेस एफएकपकै विजेताको हैसियतले कम्युनिटी सिल्डको खेल खेल्दैछ, लिभरपुलविरुद्ध । यो उपाधिका लागि त्यसो त लिभरपुल नै बलियो प्रत्यासी हो, तर प्यालेसामु पनि उत्तिकै सम्भावना छ । त्यसको अर्थ उसले एक अर्को उपाधि जित्न सक्छ ।


तर यति भन्दा भन्दै पनि प्यालेसभित्र अन्यौलता पनि छ र सम्भवतः यसले टिमको प्रदर्शनमा प्रभाव पार्न सक्छ । प्रश्न हो, प्यालेसले अबको सिजन युरोपा लिग खेल्नेछ कि त्यो भन्दा तल्लो यूईएफ कन्फ्रेन्स लिग । प्यालेसको स्वामित्वका कारण यस्तो अन्यौलता उत्पन्न भएको हो ।


अझ यो प्रक्रिया कानुनी झमेलामा पुगिसकेको छ, किनभने मुद्दा कोर्ट अफ आरर्बिटेसन पुगिसकेको छ । क्लबका प्रशिक्षक हुन्, ओलिभर ग्लेसनर । क्लब खेलाडी किनबेचमा यसपल्ट खासै संलग्न पनि छैन् । नयाँ खेलाडीका रूपमा गोलरक्षक वाल्टर बेनिटेज र बोर्ना सोसा मात्र भित्रिएका छन्।


क्लब कप्तान मार्क गुएहीलाई लिएर पनि दुविधा छ, किनभने उनको क्लबसँगको अनुबन्ध एकै वर्ष मात्र बाँकी छ । लिगमा प्यालेसको प्रदर्शनलाई लिएर कुरा गर्ने हो भने यो टिम शीर्ष दस भित्र पर्ने छैन्, त्यसको पछाडि नै हुनेछ । तर त्यसको अर्थ उसलाई रेलिगेसन तनाव पनि हुने छैन् ।


Swadesh Maharjan | August 9th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya