Share on:

सनसनीपूर्ण जितसँगै धनगढीको लगातार दोस्रो जित, शीर्षमा उक्लियो
November 30th, 2023

धनगढ, १४ मंसिर ।  बुटवल लुम्बिनी फुटबल क्लबमाथि १-० को सनसनीपूर्ण जित निकाल्दै धनगढी एफसीले नेपाल सुपर लिगमा लगातार दोस्रो जित हात पारेको छ । 

परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका ओलावाले अफिजले इन्ज्युरी समयमा निर्णायक गोल गरेपछि धनगढीले दशरथ रंगशालामा बिहीबार साँझ सम्पन्न खेलमा बुटवललाई १–० गोलअन्तरले पराजित गरेको हो ।

निर्धारित ९० मिनेटमा दुबै टोलीले बराबरी खेलेका थिए ।इन्जुरी समयमा नेपाली घरेलु फुटबलमा सर्वाधिक सफल स्ट्राइक ओलावालेले गोलरक्षकको खुट्टा मुनिबाट बललाई पोस्टको दिशा दिदैँ धनगढीलाई ३ अंक दिलाएका थिए । 

यो धनगढीको लगातार दोस्रो जित हो । यसअघि धनगढीले वीरगञ्ज यूनाइटेड एफसीलाई २-१ ले पराजित गरेको थियो । जितसँगै धनगढी २ खेलमा ६ अंकसहित शीर्षस्थानमा उक्लिएको छ । 

खेलको प्लेयर अफ द म्याच धनगढीका गोलकिपर मोहम्मद ताहा घोषित भए । धनगढीले अर्को खेल आगामी शनिबार ललितपुर सिटी एफसीसँग खेल्नेछ ।


Nepalsports | November 30th, 2023

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya