Share on:

डोरगुको गोलमा युनाइटेड विजयी
December 27th, 2025

म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शुक्रबार राति न्युकासल युनाइटेडलाई १–० ले हराएको छ र यससँगै अंक तालिकाको पाँचौं स्थानमा उक्लेको छ । यो नतिजाले युनाइटेडको अर्को सिजन युरोपमा खेल्ने सम्भावना बलियो भएको छ ।


खेलको एक मात्र गोल डेनिस अन्तर्राष्ट्रिय खेलाडी प्याट्रिक डोरगुले २४ औं मिनेटमा गरे । यो युनाइटेडका लागि उनको पहिलो गोल पनि रह्यो । दुई महिनायता घरमा प्राप्त जितपछि युनाइटेड १८ खेलबाट २९ अंक भएको छ ।


यो चौथो स्थानमा रहेको चेल्सीसँग अंकमा बराबरी हो । घर बाहिर लगातार खराव खेलिरहेको न्युकासल भने २३ अंकमा ११ औं स्थानमा रह्यो । यो सिजन सबै प्रतियोगितामा गरेर न्युकासलले घर बाहिर १२ खेल खेलेको छ र त्यसमध्ये दुई अवसरमा मात्र विजयी रहेको छ ।


Swadesh Maharjan | December 27th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya