Share on:

इजिप्ट र नाइजेरिया पुगे सेमिफाइनलमा
January 11th, 2026

इजिप्ट र नाइजेरियाले शनिबार अफ्रिकी कप अफ नेसन्सको सेमिफाइनल यात्रा निश्चित गरेका छन् र यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।


अब अन्तिम चारको खेलमा सेनेगेलले इजिप्ट र नाइजेरिया र आयोजक मोरक्कोको सामना गर्नेछ । क्वाटरफाइनलमा इजिप्टले डिफेन्डिङ च्याम्पियन आइाभरीकोस्टलाई ३–२ ले पराजित गरेको हो ।




त्यसमा लिभपुरपुलका मोहमद सलाहको गोल निर्णायक सावित भयो । अर्को क्वाटरफाइनलमा नाइजेरियाले अल्जेरियालाई २–० ले हरायो र त्यसमा भिक्टर ओसिमहेन लयमा रहे ।


हारपछि आइभरीकोस्ट उपाधिको रक्षा गर्न असफल रह्यो । सन् २०१० यता कुनै पनि टिमले डिफेन्डिङ च्याम्पियन भएर उपाधि दोहराएर जित्न सकेको छैन् ।


Swadesh Maharjan | January 11th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya