
रियल सोसिडाडले स्पेनी ला लिगामा शुक्रबार गेटाफेमाथि २–१ को संघर्षपूर्ण जित निकालेको छ । दोस्रो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा जन आरमबुरुले निर्णायक गोल गरे ।
त्यस अगाडि सोसिडाडले नै ब्राइस मेन्डिजको गोलले अग्रता लिएको थियो । तर निर्धारित समयको अन्त्यतिर गेटाफेका लागि जुनामीले बराबरी गोल फर्काए । तर यसले खेलको नतिजामा प्रभाव पार्न सकेन् ।
यो नतिजापछि सोसिडाड २१ अंकमा दसौं स्थानमा रह्यो । उसको ठीक पछाडि गेटाफे २१ अंकमै ११ औं स्थानमा रह्यो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]