Share on:

फ्रायन्कफर्टसँग डर्टमुन्डको बराबरी
January 10th, 2026

जर्मन बुंडेसलिगामा इन्ट्राक्ट फ्रायन्कफर्ट र बोरुसिया डर्टमुन्डले शुक्रबार ३–३ को रोमाञ्चक बराबरी खेलेका छन् । मोहमुड डाहोडले फ्रान्कफर्टका लागि दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल गर्दा टिम जिततर्फ अग्रसर देखिएको थियो ।


तर त्यसको चार मिनेटपछि चुकवेमेकाले डर्टमुन्डका लागि गोल गरे र दुवै टिम एक एक अंकमा चित्त बुझाउन तयार भए । यो जितले डर्टमुन्डको ३३ अंक भएको छ र दोस्रो स्थानमा छ ।


बायर्न म्युनिक ४१ अंकमा शीर्ष स्थानमा छ । फ्रायन्कफर्ट भने २६ अंकमा सातौं स्थानमा रहेको छ ।


Swadesh Maharjan | January 10th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya