Share on:

मोरक्को र सेनेगल अन्तिम चारमा
January 10th, 2026

मोरक्को र सेनेगलले शुक्रबार अफ्रिकी कप अफ नेसन्सको अन्तिम चारको यात्रा तय गरेका छन् । आयोजक मोरक्कोले क्यामरुनलाई २–० ले हरायो । त्यसमा ब्राहिम डियाज र इस्माइल साइबारीले एक एक गोल गरे ।


अब मोरक्कोसामु सन् १९७६ यता पहिलो पटक अफ्रिकी कप अफ नेसन्स जित्ने अवसर हुनेछ । यसअघि सेनेगलले मालीलाई १–० ले हराएको थियो र त्यसमा इलिमन एनडियेले निर्णायक गोल गरे ।


प्रतियोगितामा शनिबार अल्जेरिया र नाइजेरिया तथा इजिप्ट र आइभरीकोस्ट क्वाटरफाइनलमा भिड्ने छन् । यसपछि प्रतियोगिताको सेमिफाइनल समीकरण तयार हुनेछ ।


Swadesh Maharjan | January 10th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya