
एन्थोनी गोर्डनले एक गोल गर्दै अर्कोमा अवसर सिर्जना गरेपछि इंग्ल्यान्डले विश्वकप २०२६ अगाडिको आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा बुधबार कोस्टारिकालाई सजिलै ३–० ले हराएको छ ।
फ्लोरिडामा भएको खेल वर्षा र चट्याङका कारण एक घण्टा ढिला सुरु भएको थियो । थोमस टुचेलको टिमका लागि डेक्लेन राइस, गोर्डन र ओली वाट्किसन्सले गोल गरे । गोर्डनको गोल पेनाल्टीबाट सम्भव भएको हो ।

इंग्ल्यान्ड विश्वकपको समूह एल मा रहेको छ । यो समूहका अन्य टिममा क्रोएसिया, घाना र पानामा रहेका छन् । यस्तै बुधबारकै अर्को मैत्रीपूर्ण खेलमा पोर्चुगलले नाइजेरियामाथि २–१ को संघषैपूर्ण जित निकाल्यो ।
पेड्रो नेटो र फ्रान्सिस्को कोन्सेकाओले पोर्चुगलका लागि गोल गरे भने नाइजेरियका लागि एकोर एडन्सले एक गोल फर्काए । पोर्चुगल विश्वकपको समूह एफ मा रहेको छ । त्यसमा कंगो, उज्वेकिस्तान र कोलम्बिया पनि रहेका छन् ।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]