Share on:

इंग्ल्यान्ड फाइनलमाः के यो सिनेमा हो ?
July 23rd, 2025

भनिन्छ, विरालोको नौ जीवन हुन्छ । युरो २०२५ मा सायद इंग्ल्यान्डले यो भन्दा बढी जीवन पाएको छ । इटालीलाई नाटकीय रूपमा पराजित गर्दै इंग्ल्यान्ड भर्खरै प्रतियोगिताको फाइनल पुगेको छ । इटालीविरुद्धको त्यस फाइनलमा इंग्ल्यान्ड निश्चित हारको संघारमा थियो ।

तर अन्त्यमा स्कोर इंग्ल्यान्डको पक्षमा २–१ रह्यो । इटालीले जेनेभामा भएको अन्तिम चारको खेलमा बारबरा बोनान्सीको गोलले अग्रता लिएको थियो । दोस्रो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा इंग्ल्यान्डका लागि मिचेल अगयामाङले बराबरी गोल गरिन् ।

त्यसपछि अतिरिक्त समयको १ सय १९ औं मिनेटमा क्लोई केलीले निर्णायक गोल गरिन् । प्रतियोगितामा इंग्ल्यान्डको सुरुआत राम्रो रहेन्, लिग चरणमा सुरुमै फ्रान्ससँग पराजित रह्यो । 

त्यसपछि नकआउट चरण पुग्न नेदरल्यान्ड्सविरुद्ध निश्चित जितको आवश्यकता थियो ।

क्वाटरफाइनलमा भने स्विडेनविरुद्ध दुई गोलले पछाडि रहेको स्थिति थियो । तर त्यसमा पनि इंग्ल्यान्ड टाइब्रेकरमा विजयी रह्यो । अहिले इंग्ल्यान्डले यस्तै परिस्थिजतिमा इटालीलाई हराएको छ । इंग्ल्यान्डकी मुख्य प्रशिक्षक सरिना वेगमनले ठीकै भनेकी छिन् ।

उनको भनाई थियो, ‘कुनै दिन हामी इंग्ल्यान्डको यो यात्रालाई लिएर सिनेमा बनाउने छौं । साँच्चै के यो सिनेमा नै हो त ? ओहो भगवान, जे जस्तो भइरहेकोछ, त्यो नाटकीय छ, मलाई त विश्वास नै भइरहेको छैन् ।’ डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डले अब आइतबार हुने फाइनलमा स्पेन अथवा जर्मनीमध्ये एकको सामना गर्नेछ ।


Swadesh Maharjan | July 23rd, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya