Share on:

ईबु केबेको ह्याट्रिक संकटामाथि प्लानिङको जित
February 23rd, 2026

काठमाडौं। पापा ईबु केबेको शानदार ह्याट्रिकसँगै प्लानिङ ब्वाइज युनाइटेडले संकटा फुटबल क्लबमाथि सहज जित दर्ता गरेको छ।


सातदोबाटोस्थिति एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न दिनेको दोस्रो खेलमा प्लानिङले ४–० ले जित निकालेको हो। लिगमा प्लानिङको पाँचौं जित हो।


यो जितसँगै ७ खेल खेलेको प्लानिङले १६ अंक जोडेको छ। संकटाको भने तेस्रो हार हो। समान खेलबाट संकटाको ६ अंक छ। 


खेलको १९औं मिनेटमा प्रतापसिंह राईको पासमा ईबु केबेले गोल गर्दै प्लानिङ ब्वाइजलाई सुरूआती अग्रता दिलाए। त्यस्तै ३०औं मिनेटमा रोमन भुजेलको पासमा श्यामु मुर्मुले उत्कृष्ट गोल गर्दै प्लानिङ ब्वाइजको अग्रता दोब्बर बनायो। 


८०औं मिनेटमा ईबु केबेले व्यक्तिगत दोस्रो गोल गर्दै प्लानिङलाई ३–० को स्थिति ल्याए। खेलको अन्तिम मिनेटमा ईबु केबेले प्लानिङ ब्वाइजका लागि पुनस् गोल गर्दै ह्याट्रिक पूरा गरे।


Swadesh Maharjan | February 23rd, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya