
सन्डरल्यान्ड यसै पल्ट बढुवा भएर इंग्लिस प्रिमियर लिगमा उक्लेको थियो र भनिएको थियो, ‘ब्ल्याक क्याट्स’ तुरुन्तै रेलिगेसनमा पर्नेछ । तर लामो र समृद्ध इतिहास भएको सन्डरल्यान्डले सबैको अनुमानलाई गलत सावित गर्दै यसपल्ट राम्रो खेलिरहेको थियो ।
यसैक्रममा सन्डरल्यान्डले सोमबार राति एभरटनलाई १–१ को बराबरीमा रोकेको छ र तालिकाको चौथो स्थानमा उक्लेको छ । उसको अगाडि तिनै तीन टिम छन्, जसलाई उपाधिका दावेदार मानिएको थियो, आर्सनल, म्यानचेस्टर सिटी र लिभरपुल ।
स्टेडियम अफ लाइटमा भएको खेलमा एभरटनले इलिमन एडिएयको गोलले १५ औं मिनेटमा अग्रता लिएको थियो । त्यसपछि ग्रानिट जाकाले दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमा सन्डरल्यान्डका लागि बराबरी गोल फर्काए । सन्डरल्यान्डको १० खेलबाट १८ अंक भएको छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]