
दोस्रो हाफमा सम्भव दुई गोलको मदतले लाजियोले इटालीको सिरी ए मा सोमबार राति कागलिरीलाई २–० ले पराजित गरेको छ । स्टाडियो ओलिम्पिकोमा गुस्ताभो इसाकसेनले ६५ औं मिनेटमा पहिलो गोल गरे ।
त्यसपछि माटिआ जाकान्जीले इन्ज्युरी समयको पहिलो मिनेटमो दोस्रो गोल थपे । यो जितपछि लाजियो दस खेलबाट १५ अंक भयो र टिम आठौं स्थानमा रह्यो ।
कागलिरी लय समाट्न संघर्षरत रहेको छ र उसको दसै खेलबाट नौ अंक मात्र छ । कागलिरी १४ औं स्थानमा छ र यो रेलिगेसन क्षेत्रबाट तीन अंकको दूरी मात्र हो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]