
नटिंघम फरेस्टले बिहीबार युरोपा लिग प्ले अफ पहिलो लेगमा फेनाबाचेलाई ३–० ले हराएको छ र यो नयाँ प्रशिक्षकका रूपमा भिक्टर परेरा आएयता हात पारेको विजयी सुरुआत रह्यो ।
यो सिजनको चौथो प्रशिक्षक परेराले गत आइतबार मात्रै प्रिमियर लिगमा रेलिगेसनबाट बच्न संघर्षरत फरेस्टसँग १८ महिनाको अनुबन्ध गरेका थिए । फरेस्टको जितमा मरिलो, इगोर जेसस र मोर्गन गिब्स ह्वाइटले गोल गरे ।
प्रशिक्षकका रूपमा मार्टिन ओ‘नेल भाग्यमानी रहेनन् । उनको हजारौं खेलमा सेल्टिक भने स्टुटगार्टको हातबाट ४–१ ले पराजित रह्यो ।
अन्य खेलमा रेड स्टार बेलग्रेडले लिललाई १–०, बोलोग्नाले ब्रानलाई १–०, जेन्कले डायनामो जागरेभलाई ३–१, लुडोगोरेट्स रेजगार्डले फेरेन्कभारेसलाई २–१ र सेल्टा भिगोले पीएसओकेलाई २–१ ले हरायो । भिक्टोरिया र प्लाजेन र प्यानाथिनाइकोजले २–२ को बराबरी खेले ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]