
काठमाडौं। लालीगुराँस एसोसिएसन एन्फा राष्ट्रिय लिग अन्तर्गत आठौं साताको खेलमा बराबरीमा रोकिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा लालीगुराँस फ्रेन्ड्स क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको हो।
यो नजितासँगै आठ खेलबाट १८ जोडेको लालीगुराँस दोस्रो स्थानमा यथावत् छ। यता समान खेलबाट ६ अंक जोडेको फ्रेन्ड्स १३औं स्थामा उक्लिएको छ।
खेलको २६औं मिनेटमा सरोज गुरुङको गोलबाट अग्रता बनाएको लालीगुराँसले दोस्रो हाफमा जोगाउन सकेन। फ्रेन्ड्सका जेनिश प्रजापतिले ७६औं मिनेटमा गोल गर्दै खेल १ १ को बराबरीमा ल्याए।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]