Share on:

एन्फा राष्ट्रिय लिगमा एनआरटी र प्लानिङ ब्वाइजले अंक बाँडे
February 26th, 2026

काठमाडौं। एन्फा राष्ट्रिय लिग अन्तर्गत बिहीबार सम्पन्न खेलमा न्यू रोड टिम ९एनआरटी० र प्लानिङ ब्वाइज युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन्।


दशरथ रंगशालामा सम्पन्न दिनको दोस्रो खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेले।


प्लानिङ ब्वाइजका लागि कप्तान प्रताप सिंह राईले अग्रता दिलाउने गोल गरे। तर एनआरटीका तिमोथि चिमेरेले बराबरी गोल फर्काउँदै टोलीलाई खेलमा पुनरागमन गराए।


यस नतिजासँगै दुवै टोलीले समान एक–एक अंक जोड्दै अंक तालिकामा स्थान सुरक्षित गरेका छन्।


Swadesh Maharjan | February 26th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya