Share on:

नव जनजागृतिमाथि पुलिसको प्रभावशाली जित
February 26th, 2026

काठमाडौं। एन्फा राष्ट्रिय लिग अन्तर्गत नेपाल पुलिस क्लबले नव जनजागृतिमाथि ७–० को प्रभावशाली जित दर्ता गरेको छ। 


दशरथ रंगशालामा बिहिबार सम्पन्न दिनको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पुलिसले सुरुदेखि नै खेलमा पकड जमाएको थियो।


पुलिसको जितमा सञ्जिव लामा र धिरेन्द्र बहादुर शाहले दुई गोल गर्दै टोलीलाई बलियो आधार दिए। यस्तै दशरथ गिरी र विजय युरेएनले समान एक–एक गोल थपे। नव जनजागृतिका सन्दीप कार्कीबाट आत्माघाती गोल भएको थियो।


यस जितसँगै पुलिसले जारी एन्फा राष्ट्रिय लिगमा सात खेलबाट सात अंक जोडेको छ। उता नव जनजागृतिले भने सातै खेलमा पराजय भोग्दै अंकविहीन अवस्थामा रहेको छ।


Swadesh Maharjan | February 26th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya