Share on:

प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसलमा सेमिफाइनलको समीकरण पूरा
November 13th, 2025

काठमाडौँ, कात्तिक २७ गते । वडा नं ४, वडा नं ११, वडा नं १३ र वडा नं १४ प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।


वडा २३ को आयोजनामा लैनचौर फुटसल मैदानमा भइरकेको प्रतियोगिताअन्तर्गत बिहीबार भएको पहिलो क्वाटरफाइनलमा वडा नं १३ ले वडा न. २४ लाई सजिलै ५–० ले हरायो । सो खेलमा विकेश शाहीले ह्याट्रिक गरे । अन्य गोल अभय राना र आसिस कपालीको नाममा रह्यो । तीन गोल गर्ने विकेश म्यान अफ दि म्याच घोषित भए ।


दोस्रो क्वाटरफाइनलमा वडा ६ ले वडा १४ लाई १–० ले पराजित गर्यो । सो खेलमा केशव भण्डारीको गोल निर्णायक बनेको हो । केशव नै म्यान अफ दि म्याच चुनिए । तेस्रो क्वाटरफाइन वडा नं ४ ले वडा नं ३ विरुद्ध कठिन १–० को जित हात पार्यो । विक्रान्त नरसिंह रानाको गोलले वडा नं ४ विजयी भएको हो । विक्रान्तले म्यान अफ दि म्याचको पुरस्कार पाए ।


चौथो तथा अन्तिम क्वाटरफाइनलमा वडा ११ ले गत विजेता वडा १६ को चुनौती १–० ले नै समाप्त पार्यो । सो खेलमा म्यान अफ दि म्याच बनेका विराज महर्जनले गोल गरेका थिए ।


शुक्रबार पहिलो सेमिफाइनल वडा १३ र वडा १४ बिच बिहान ८ बजे र दोस्रो सेमिफाइनल वडा ४ र वडा ११ बिच बिहान ९ बजे हुनेछन् । प्रतियोगिताको समापन शनिबार हुनेछ । विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ । उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ । पहिलो संस्करणमा वडा नं १४ र दोस्रो संस्करणमा १६ ले उपाधि जितेका थिए ।


Swadesh Maharjan | November 13th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya