Share on:

इन्टरको अग्रता एक अंक
December 29th, 2025

लउटारो मार्टिनेजले दोस्रो हाफमा गरेको एक मात्र गोलको मदतले इन्टर मिलानले आइतबार इटालीको सिरी ए मा एटलान्टालाई १–० ले पराजित गरेको छ । मार्टिनेजले ६५ औं मिनेटमा गरेको गोल निर्णायक बनेको हो ।


यो जितपछि इन्टर एक अंकको अग्रतासहित शीर्ष स्थानमा कायम रहन सफल रह्यो । आइतबारका अन्य खेलमा उपाधि होडमा रहेका एसी मिलान र नेपोली दुवै विजयी रहे ।


मिलानले हेलास भेरोनालाई ३–० र नेपोलीले क्रेमेन्सोलाई २–० ले हराएको हो । इन्टर १६ खेलपछि ३६ अंकमा शीर्ष स्थानमा छ । उसको पछाडि मिलानको ३५ र नेपोलीको ३४ अंक छ । यस्तै युभेन्ट्स ३२ अंकमा चौथो स्थानमा रहेको छ ।


Swadesh Maharjan | December 29th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya