
किशोर खेलाडी आर्ची ग्यारीले आफ्नो खेल जीवनमै गरेको पहिलो सिनियर गोलको मदतले टोटनहमले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई १–० ले पराजित गरेको छ ।
यो जितले टोटनहमलाई धेरै राहत दिनेछ र यससँगै खराव लयमा रहेको टोटनहम सन् २०२५ को सुखद अन्त्य गर्न सफल रह्यो । ग्यारीले ४२ औं मिनेटमा एक मात्र गोल गरे ।
यो जितले टोटनहमको १८ खेलबाट २५ अंक भएको छ । प्यालेस २६ अंकमा नवौं स्थानमा छ । आइतबारकै अर्को खेलमा सन्डरल्यान्ड र लिड्स युनाइटेडबीचको खेल १–१ को बराबरी समाप्त भयो ।
त्यसमा सन्डरल्यान्डले सिमोन एडिनग्राको गोलले अगाडि रहेको थियो । त्यसपछि डोमिनिक क्लाभर्ट लेविनले बराबरी गोल फर्काए । सन्डरल्यान्ड २८ अंकमा सातौं तथा लिड्स २० अंकमा १६ औं स्थानमा छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]