Share on:

पिसोमाथि इन्टरको सनसनीपूर्ण जित
January 24th, 2026

दुई गोलले पछाडि रहेको स्थिति उल्टाएर इन्टर मिलानले इटालीको सिरी ए मा शुक्रबार पिसामाथि ६–२ को सनसनीपूर्ण जित रचेको छ । यससँगै इटालीको सिरी ए को शीर्ष स्थानमा छ अंकको अग्रता लिएको छ ।


जितले इन्टरको २२ खेलबाट ५२ अंक भएको छ । एसी मिलान ४६ अंकमा दोस्रोमा छ । सानसिरोमा भएको खेलमा स्टेफानो मोरेओको दुई गोलले पिसाले अग्रता लिएपछि इन्टर स्तब्ध देखिएको थियो । 


तर त्यसपछि इन्टर पुर्नआगमन रच्न सफल रह्यो । पिटार जेलेन्सकी र लउटारो मार्टिनेजको गोलले खेल बराबरीमा आएको थियो । त्यसपछि पिसो इस्पोसिटा, फेडरिको डिमार्को, एन्गे योना बोनी र हेनरिक मिखाटेरियनले एक एक गोल गरे ।


Swadesh Maharjan | January 24th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya