
ब्राड्ली बारकोलाले गरेको एक मात्र गोलको मदतले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शुक्रबार फ्रान्सेली लिग वानमा अजुरीलाई १–० ले हराएको छ र यससँगै फेरि अंक तालिकाको शीर्षमा उक्लेको छ ।
बारकोलाले खेलको ७९ औं मिनेटमा एक मात्र गोल गरे र यससँगै पीएसजीको १९ खेलबाट ४५ अंक भएको छ । शीर्षमा एक खेल बढी खेलेर पीएसजीको अग्रता दुई अंक मात्रै हो ।
लेन्सले अबको आफ्नो खेलमा जित निकाले पीएसजीलाई उछिन्न सक्नेछ । लेन्स १८ खेलबाट ४३ अंकमा रहेको छ । यस्तै मार्से ३५ र लियोनल ३३ अंकमा शीर्ष चारभित्र रहेका छन् ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]